सोलुखुम्बु ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८ बागममा एक घरमा शनिबार साँझ आगलागी हुदाँ करिब ७० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

निमातेन्डी शेर्पाको घरमा ग्यास चुहिएर आगलागी हुदाँ आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

आगलागीबाट एक लाख ५० हजार रुपियाँ नगदसहित ढुङ्गा माटोले बनेको तीन तले घर, घरमा भएको सुनचाँदी, तामालगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

घरमा कोही नभएको समयमा आगलागी भएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा पुगेका प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणको प्रयास गरेको भए पनि घर पूर्ण रुपमा जलेर नष्ट भएपछि मात्रै आगो नियन्त्रणमा आएकोे स्थानीय प्रकाश मगरले बताउनुभयो ।

16.08¡ÆC