काठमाडौं ।

निर्वाचनको परिणाम आइसकेपछि सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा नियुक्त गरेको भन्दै वाम गठबन्धनमा आबद्ध दुई विद्यार्थी संगठनले विरोध जनाएको छ ।

काम चलाउ अवस्थामा रहेको वर्तमान सरकारले मुलुकका विभिन्न स्थानमा एकपछि अर्को नियुक्ति गर्न राजनीतिकरुपमा उचित नभएको जनाउँदै अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले आज प्रेस विज्ञप्ति जारी गरी त्यसप्रकारको नियुक्ति खारेजी गर्न माग गरेको हो ।

अनेरास्ववियुका महासचिव ऐन महर र अखिल (क्रान्तिकारी) महासचिव उत्तम अधिकारीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा आयोगलगायत अन्य स्थानमा गरिएका सबै नियुक्ति अविलम्ब बदर गर्न आग्रह गरिएको छ ।

16.73¡ÆC