काठमाडौं ।

तराई–मधेशलगायत क्षेत्रमा आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनी आदि घटनाको छानबिन गर्न गठित उच्च स्तरीय आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

‘तराई–मधेश र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेका आन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनीलगायतका घटनाको सत्यतथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग–२०७३’ ले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले प्रतिवेदन अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

त्यसअवसरमा आयोगका अध्यक्ष गिरिशचन्द्र लालले प्रतिवेदनमा भएका विषयवस्तु र छानबिनका क्रममा अपनाएका विधिबारे जानकारी दिनुभयो ।

आयोगले विभिन्न सूचनामार्फत दर्ता भएका एक हजार ३ सय २६ र मधेश केन्द्रित दलबाट प्राप्त एक हजार ९ सय ३८ गरी तीन हजार २ सय ६४ उजुरीको छानबिन तथा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो ।

तीन पटक म्याद थप गरिएको आयोगको आज अन्तिम समयावधि थियो । आयोग २०७३ साल असोज २ गते गठन भएको थियो ।

सर्वोच्चद्धारा प्रहरी अधिकृत, नाबालक सहित २४ जना हत्या अभियुक्त रेशम चौधरीको रिट अश्विकृत

15.33¡ÆC