सांसदमा बिजयी नवराज सिलवाल र वकिललाई पनि कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २८, २०७४ मा प्रकाशित | 908 views

काठमाडौं ।

सर्वोच्च अदालतले नेकपा एमालेबाट निर्वाचीत सांसद नवराज सिलवाललाई कारवाही गर्न आदेश दिएको छ ।

पममा रहँदा र आम रुपमा प्रहरी महानिरिक्षक हूने ठानिएका नवराज सिलवालले पदोन्नती नभएपछि सेवाबाट राजिनामा दिएर निर्वाचन मार्फत सांसदमा बिजयी भएपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।

सिलवालले बढूवामा बूझाएको कार्यसम्पादन मूल्यांकन विवरण गलत रहेको ठहर गर्दै उनलाई कारबाही गर्न आदेश दिएको अदालतले सिलवालले सरकारी कागजात किर्ते गरेको दाबी गर्दै परेको मुद्दामा अदालतमा बढुवाका क्रममा पेस गरेको कार्यसम्पादन मूल्यांकन फाराममा अंक फरक परेको विषयमा अनुसन्धान गरी त्यस्तो फरक एवं फर्जी कार्यसम्पादन मूल्यांकन तयार पार्ने र पेस गर्नेविरुद्ध कारबाही चलाउन सरकारका नाममा आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खडका, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले फैसलाको पूर्ण पाठ तयार गरेको हो ।

‘यी निवेदक 'सिलवाल' ले निवेदनसाथ प्रस्तुत गरेको कार्यसम्पादन मूल्यांकन फारामको अंक र लोकसेवा आयोगलगायतका निकायबाट प्राप्त कार्यसम्पादन मूल्यांकन अंक भिन्न देखिएकाले अख्तियार प्राप्त अधिकारीले कानुनबमोजिम मूल्यांकन गरी गोप्य रूपमा राख्नुपर्ने कार्यसम्पादन मूल्यांकन फाराम र निवेदकले पेस गरेको फारामको अंक फरक पार्ने कार्यमा कुन–कुन गृह तथा प्रहरी प्रशासनका अधिकारीहरूको संलग्नता छ भन्ने सम्बन्धमा अनुसन्धान गरी दोषी देखिएका उपर कारबाही चलाउन सम्बन्धित निकायमा लेखी पठाउनू’ पूर्ण पाठमा भनिएको छ ।

अधिवक्ता कपिलदेव ढकालले सिलवालको बढुवाका लागि सार्वजनिक सरोकारको सिद्धान्तविरुद्ध रिट दायर गरेको ठहर गर्दै सर्वोच्चले उनलाई समेत कारबाही गर्न नेपाल बार काउन्सिललाई समेत लेखी पठाउन आदेश जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web