क्रिकेटर पृथु बास्कोटासहित आठजना ठगी काण्डमा पक्राउ

मंसिर २८, २०७४ मा प्रकाशित | 1184 views

काठमाडौं ।

नेपाली क्रिकेटर पृथु बास्कोटा सहित ८ जना ठगी आरोपमा पक्राउ परेका छन ।

चर्चित अमेरिकन डिजे मार्समेलोको कन्सर्ट भन्दै सयौं टिकट बेचेर ठगि गरेपछि गएराती राजधानीको दरबारमार्गमा सञ्चालित क्लब डेजाभुमा दर्शकले तोडफोड गरेपछि आठजना सञ्चालक पक्राउ परेका छन् । यसरी ठगि गरि रकम असुली गरेको आरोपमा पक्राउ परेका आठजनामा क्रिकेटर पृथु बास्कोटा समेत रहेका छन ।

प्रहरीले उनीहरुलाई महानगरीय अपराध महाशाखा टेकुमा राखेको छ । पक्राउ पर्नेमा क्रिकेटर पृथु सहित मयंक खड्का, जयन श्रेष्ठ, विशाल डांगी, मिलन श्रेष्ठ, आकाश न्यौपाने, रीतेश माडवाडी र राजीव महर्जन रहेका छन् ।

उनीहरुमाथि ठगीको आरोपमा मुद्धा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । कन्सर्टका नाममा मनलाग्दी रकम असुली गरेको तथा जिल्ला प्रशासनबाट कन्सर्ट आयोजना गर्न स्किृति समेत नलिएको पाइएपछि उनीहरूविरुद्ध ठगी मुद्धा चलाउने तयारी गरेको प्रहरीले जानकारी दिएको छ ।

एक हजार पाँच सय व्यक्ति क्षमताको क्लबमा चार हजारभन्दा बढी टिकट बिक्री गरेको तथा ५ हजार रुपैयाँ सम्ममा टिकट विक्रि गरेको पाइएको प्रहरीले बताएको छ ।

क्लब डेजाभुले बुधबार डिजे मार्समेलोको कन्सर्ट आयोजना गर्ने जनाएको थियो । तर डिजे मार्समेलो कन्सर्टमा नआएपछि कन्सर्ट हेर्न टिकट काटेका दर्शकले क्लबमा तोडफोड गरेका थिए ।

नेपाली यू–१९ राष्ट्रिय टोलीको कप्तान हुँदै सिनियर राष्ट्रिय टोलीबाट समेत खेलिसकेका पृथु आगामी साताबाट राजधानीमा सुरु हुने एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सका कप्तान रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web