वैदेशिक रोजगारी व्यावसायलाई व्यवस्थित गर्न माग

मंसिर २८, २०७४ मा प्रकाशित | 2496 views

काठमाडौं । वैदेशिक रोजगारलाई व्यवस्थित गर्न सरोकारवालाहरुले सरकारसँग माग गरेका छन ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा सहभागीहरुले नेपाली युवाहरुको वैदेशिक रोजगारप्रति आकर्षण बढेकाले त्यसलाई व्यवस्थित र सुरक्षित गर्न सरकारसँग माग गरेका हुन ।

श्रम सम्झौता नगरीकनै विदेश जाने र समस्यामा पर्ने, काम अनुसारको पारिश्रमिक नपाउने तथा अति जोखिमयुक्त काममा नेपाली युवा जाने र ठगिने बढेकोले यसलाई बेलैमा व्यवस्थित नगरे ठुलो समस्या आउने उनीहरुले बताएका छन ।

आप्रवासी कामदारको रुपमा हाल भारत बाहेकका देशमा ५० लाख नेपाली युवाहरु रहेको बताइन्छ । भनेजस्तो काम नपाएपछि र पारिश्रमिक नपाएर फर्किएपछि उजुरी गर्नेको संख्या वार्षिक २ हजार भन्दा बढी रहेको कार्यक्रममा जानकारी दिइयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web