कम्युनिष्टलाई दुई तिहाइ ! अन्तिम नतिजा-बाम गठबन्धन ११९, काँग्रेस गठबन्धन ३८ सांसद

मंसिर २७, २०७४ मा प्रकाशित | 1288 views

काठमाडौं ।

मतगणनाका क्रममा विवादै विवादले रोकिंदै सुचारु भएको सदाबहार उपप्रधानमन्त्रीको रुपमा चिनिने गरेका बिजय गच्छद्धार अन्तत झिनो मतले बिजयी भएका छन् ।

संविधानसभा चुनावमा समेत १६५ मतले मात्र बिजयी भएका काँग्रेस नेता गच्छद्धार यसपटक पनि सुनसरी क्षेत्र नम्वर ३ बाट ३२१ मतले बिजयी भए ।

गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धीमा रहेकी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरेकी छन् ।

निर्वाचन आयोगले सो क्षेत्रको मतगणना सकिएसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको जनाएको छ ।

समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने पक्का भएको छ ।

प्रत्यक्षतर्फ एमालेभन्दा आधा कम सिट जितेर माओवादी दोस्रो दल बनेको छ ।

माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको छ भने समानुपातिकमा तेस्रो स्थानमा छ । यस्तै नेपाली कांग्रेसले २३ सिट मात्र जितेको छ ।

मत परिणाम र चुनावी गठबन्धन हेर्दा वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११७ सिट पुगेको छ, जुन दुई तिहाइ हो । यसमा राष्ट्रिय जनमोर्चा र राप्रपाका राजेन्द्र लिङ्देनको पनि सिट जोडिएको छ ।

हुम्लाबाट स्वतन्त्र निर्वाचित माओवादी नेता छक्कबहादुर लामाले समेत आफू वामपन्थी गठबन्धनकै सांसद रहेको बताइसकेका छन् । यसो गर्दा वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११९ सिट पुगेको छ ।

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले ३८ सिट जितेको छ जसमा नयाँ शक्तिका डा बाबुराम भट्टराई पनि पर्छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेस एक्लैले २३ सिट जितेको छ ।

त्यस्तै मधेसवादी गठबन्धनले २१ सिट जितेको छ । जसमध्ये राजपाले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् । कुनै पनि गठबन्धनमा नरहेको नेपाल मजदुर किसान पार्टीले एक सिट जितेको छ ।

प्रतिनिधिसभा कुल बिजयी

एमाले ८०, माओवादी केन्द्र ३६, काँग्रेस २३, राजपा ११, फोरम १०, राप्रपा १, नयाँ शक्ति १, मजदुर किसान १, स्वतन्त्र १, जनमोर्चा १

प्रदेशसभा कुल बिजयी

एमाले १६८, माओवादी केन्द्र ७३, काँग्रेस ४१, फोरम २४, राजपा १६, स्वतन्त्र ३, नयाँ शक्ति २, जनमोर्चा २, मजदुर किसान १

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web