रविन्द्र मिश्रद्धारा मतदाता र सहयोगीप्रति आभार व्यक्त, प्रकाशमानलाई दिए फोन गरेर बधाइ

मंसिर २३, २०७४ मा प्रकाशित | 1424 views

काठमाडौं ।
विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौं क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्धार रबिन्द्र मिश्रले मतदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन ।

झिनो मतान्तरले दोस्रो स्थानमा परेका मिश्रले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि बिजयी नभएपनि आफूलाई विश्वास गर्ने मतदाताहरू, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति हार्दिक आभार प्रकट गरेका छन ।

८१९ मत बढी लेराएर लगातार तेस्रो पटक विजयी भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई फोन गरेर बधाई तथा शुभकामना समेत दिएका मिश्रले पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना सङ्गठन उमेदवारी दिँदा पनि भरपर्दो विकल्पका रूपमा पाएको समर्थन र मतलाई उत्साहजनकरूपमा लिएको समेत जनाएका छन ।

यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्वको नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने भएपनि मिश्रको पराजयपछि त्यो संभावना टरेको देखिएको छ ।

समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने देखिएपनि आफू पराजित भएपछि बिजयी नेताको आलोचना गर्ने गरेका परम्परागत दलका नेताहरुलाई पाठ सिकाउनेगरि मिश्रले बिजयी सिंहलाई बधाई सहित पराजय स्विकार गरेको भन्दै सामाजिक सञ्जालहरुमा उनको तारिफ भएको छ ।

यस्तो छ मिश्रद्धारा सामाजिक सञ्जालमा जारि सन्देश

काठमाडौं क्षेत्र नं १ को परिणामबारे प्रेस विज्ञप्ति
(प्रकाशन र प्रसारणका लागि सक्दो श्यर गरिदिन हार्दिक आग्रह गर्दछु)
विवेकशील साझा पार्टीको तर्फबाट मैले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि दिएको उमेदवारीमा मलाई विश्वास गर्ने मतदाताहरू, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

काठमाडौं क्षेत्र नं १ बाट मेरोभन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रो पटक विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई मैले एकैछिन अघि फोन गरेर बधाई तथा शुभकामना दिएको छु।
विवेकशील साझा पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना सङ्गठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रूपमा हेरिएको तथ्यलाई मैले अत्यन्तै उत्साहजनकरूपमा लिएको छु ।

“यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व” नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो। समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं।

समष्टिगतरूपमा भन्नुपर्दा, नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा संभवत: कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन। अब देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरूलाई तयार पार्नु हाम्रो चुनौति हुनेछ।

यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ।
गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो!
रवीन्द्र मिश्र
उमेदवार,
काठमाडौं क्षेत्र नं १
संयोजक, विवेकशील साझा पार्टी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web