पाल्पाको मत परिणाम सार्वजनिक, काँग्रेसको अग्रता

मंसिर २२, २०७४ मा प्रकाशित | 17376 views

पाल्पा ।

पाल्पाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । पाल्पा क्षेत्र नम्बर १ को ११ सय ६० मत गणना गर्दा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मत परिणम अनुसार  नेपाली काँग्रेसका क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय घिमिरेले ६ सय २८ मत ल्याउनुभएको छ । वाम गठबन्धनका उम्मेद्वार दलबहादुर रानाले ५ सय १६ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा नेपाली काँग्रेसका उम्मेदवार देवराज ढकालले २ सय ८० मत र वाम गठबन्धनका उम्मेद्वार युवराज खनालले २ सय १६ मत ल्याउनुभएको छ । त्यस्तै तानसेन– १ को मतगणना हुँदा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा वाम गठबन्धनले अग्रता लिएको छ ।

वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सोम प्रसाद पाण्डेले १५ सय ७१ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार हरिप्रसाद नेपालले ७ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेश सभा २ को (ख)मा वाम गठबन्धनका उम्मेदवार तुलाराम घर्ति मगरले ११ सय १३ र नेपाली काँग्रेसका रामबहादुर कार्कीले ५ सय ३६ मत प्राप्त गर्नुभएको छ ।  १ लाख ८१ हजार २ सय ५५ मतदाता रहेको पाल्पामा  ६७.८८ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web