एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा आशिष र सरस्वती बाहिरिए

जेष्ठ २४, २०७३ मा प्रकाशित | 890 views

सत्रौं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालका आशिष खत्री र सरस्वती चौधरीको चुनौती समाप्त भएको छ ।

दुवैले आफ्नो अन्तिम २ सय मिटर दौड पछि प्रतियोगिता बाटै बाहिरीएका थिए ।

रितिज जोशी र सन्योग कपाली दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताका लागि खेलाडी छनोट गर्न आयोजित प्रतियोगिताको क्याडेट व्वाइज सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

सुनसरीको धरानमा भएको छनोट प्रतियोगिताबाट दीक्षा दाहाल र दीक्षा तामाङ पनि फाइनलमा प्रवेश गरेका छन् ।

जुनियर महिला सिंगल्समा शिखा सुवाल र एपीएफकी सोनु थापा मगर फाइनलमा स्थान शुरक्षित पारेका छन् ।

छनोटमा काठमाडौं, ललितपुर, भक्तपुर, पर्सा, रुपन्देही, मोरङ र सुनसरीका ५१ पुरुष र ४९ महिला गरी जम्मा १ सय खेलाडीको सहभागिता रहेको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।

जुनियरमा समान ३-३ तथा क्याडेटमा समान २-२ महिला गरी जम्मा १० खेलाडी छनोट हुने उपाध्यक्ष हमालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web