आज पनि पारिलो घाम ताप्न नपाइने

मंसिर १६, २०७४ मा प्रकाशित | 6847 views

<p>१६ मंसिर, काठमाडौ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम शनिबार खुल्ने संभावना कम रहेको मौसमविदले बताएका छन् । </p><p>बढ्दै गएको प्रदुषणका कारण मौसम खुल्ने संभावना निकै कम रहेको मौसमविद वरुण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार पानी परे वा हावा चले मौसम केही सफा हुनसक्छ । तर अहिले तत्काल पानी पर्ने वा हावा चल्ने संभावना नभएको उहाँले बताउनुभयो । मौसम नखुल्दा पारिलो घाम लाग्ने छैन ।</p><p> यसले गर्दा चिसो पनि निकै बढेको छ । गएको वर्ष यो समयमा काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेकोमा शनिबार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ८ डिग्रीमा झरेको छ ।

यस्तै गएको वर्ष माइनस १ दशमलव ५ डिग्री मापन गरिएको जुम्लाको शुक्रबारको न्यूनतम तापक्रम माइनस ४ दशमलव ५ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । </p><p>अरु ठाउँको तापक्रम पनि पोहोरको भन्दा ४ डिग्रीसम्म कम भैसकेको छ । अहिले पनि धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

प्रदुषण धेरै भएको ठाउँमा अहिलेको हुस्सु हटेपनि तुँवालो लाग्ने मौसमविद् पौडेलको भनाई छ । तुँवालो लागेपछि भिजिविलिटी पनि कम हुन्छ । </p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web