चिट चोराएको पुष्टि : एमबिबिएसको प्रवेश परीक्षा फेरि गरिने

मंसिर ३, २०७४ मा प्रकाशित | 4523 views

चिट चोराएको पुष्टि : एमबिबिएसको प्रवेश परीक्षा फेरि गरिने

३ मंसिर, काठमाडौ । प्रश्नपत्र बाहिरिएको र चिट चोराएको पुष्टि भएपछि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले  एमबिबिएसको प्रवेश परीक्षा फेरि गर्ने भएको छ । परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक गरेर चिट चोराएको पुष्टी भएपछि गएको असोज २८ गते लिइएको प्रवेश परीक्षा रद्द गरेर फेरि परीक्षा लिने निर्णय भएको आइओएमका डिन जगदिशप्रसाद अग्रवालले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

परीक्षाकै क्रममा ५ जना विद्यार्थी विद्युतीय डिभाइसहित पक्राउ परेपछि एमबिबिएस प्रवेश परीक्षामा चिट चोराइएको पुष्टी भएको थियो । चिन्तामणि पोख्रेलको संयोजकत्वमा गठित छानविन समितिले एमबिबिएस प्रवेश परीक्षामा विद्युतीय डिभाइसमार्फत नियोजित तरिकाले चिट चोराएको पुष्टी गरेपछि त्रिवि कार्यकारी परिषद्ले परीक्षा रद्द गर्न निर्देशन दिएको थियो । कार्यकारी परिषद्को निर्देशन अनुसार असोज २८ गते लिइएको परीक्षा रद्द गरेर फेरि परीक्षा गर्ने प्रवेश परीक्षा सञ्चालन समितिले जनाएको छ ।

पहिलेको अवस्थाबाट पाठ सिकेर थप चनाखो हुनुपर्ने भएकाले पुन परीक्षाको मिति कहिले तोकिन्छ भन्ने टुंगो नभएको पनि डिन अग्रवालले जानकारी दिनुभयो । चुनावअघि परीक्षा हुने सम्भावना कम रहेको उहाँले जानकारी दिनुभयो । एमबिबिएसको प्रवेश परीक्षामा चिट चोराइएको पुष्टी भएपछि विद्यार्थीहरुले प्रवेश परीक्षा रद्द गरेर फेरि परीक्षा गराउन माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web