बम आक्रमणमा रामचन्द्र पौडेल सकुशल, रौतहट र भोजपुरमा ११ जना घाइते एवं गोली हानाहान

मंसिर २, २०७४ मा प्रकाशित | 2197 views

काठमाडौं ।

सभामुख, बहालवाल मन्त्री तथा पूर्व अर्थमन्त्री तथा उम्मेद्धारमाथि बम आक्रमण भएको भोलीपल्ट आज फेरी काँग्रेस बरिष्ठ नेता सहित, बाम गठबन्धनका उम्मेद्धार र सर्वसाधारण लक्षित बम बिस्फोटमा करिव १ दर्जन व्यक्ति घाईते भएका छन् ।

नेपाली काँंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी आज दिउसो सवा ३ बजे तनहुँको भानु नगरपालिका वडा नम्बर १० नेपालडाँडामा बम प्रहार गरिएको छ ।

पौडेल सवार बा १३ च ३७४६ नम्बरको स्कार्पियो गाडिमा वम प्रहार गरिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो ।

तनहुँका विभिन्न चुनावी सभालाई सम्बोधन गरी लमजुङ्गको सभामा गइरहनुभएका पौडेल सवार गाडिमाथि वम प्रहार गरिएको हो ।

बम प्रहारबाट गाडिको झ्यालको शिशा फुटेको र उक्त गाडिमा सवार सबै सकुशल रहेको पनि पौडेलले बताउनुभयो ।

यसैगरि आजै रौतहटको चन्द्रपुर–५ स्थित राधाकृष्ण मंदिर नजिक बम बिस्फोट हुदा आठ जना घाईते भएका छन ।

चुनाबी प्रचारको क्रममा बाठगठबन्धको पाँच नम्बर वडा भेला सम्पन्न भएर खाजा खान हल बाट बाहिरीने क्रममा बम बिस्फोट भएको हो । चन्द्रनिगाहपुरको धार्मिक स्थल राधाकृष्ण मंन्दिरकै हलमा बामगठबन्धनको भेला भएर बाहिर निस्कने बेलामा बरको बोट नजिक बिस्फोट हुदा ३१ बर्षिय सीता  राई, ७ बर्षिय जैबिक राई, ४५ बर्षिय लक्ष्मि साह, ५४ बर्षियरत्न बहादुर बिक, ४८ बर्षिय कुन्ता खत्री, ३९ बर्षिय गोपाल बिक, ४५ बर्षिय दिलमाया राई, ५० बर्षिय यमुना काफले घाईते भएका छन ।

घाईते मध्ये सीता राई र जैबिक राई आमा छोरा हुन । यमुना काफले र गोपाल बिकको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भैरहेको छ भने अन्य घाईतेको उपचारको लागि चितवन रिफर गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

भेलामा माओबादी र एमालेका केन्द्रिय नेता कल्याणी खडका, युबराज भट्टराई समिर समेत रहनु भएको थियो । उहाहरु भेला लाई पहिलेनै सम्बोधन गरेर हिडिसक्नु भएको थियो ।

बिस्फोट भएको बम टाईम बम हो या कुन बम बम हो खोजबीन भैरहेको जनाइएको छ । माओबादी केन्द्रका एकराज थापाले भन्नु भयो चुनाबी बिषयमा भेला बसिरहेको समयमा एकैपल्ट बिस्फोटको आवाज सुनियो आएर हेर्दा साथीहरु घाईते भैसक्नु भएको रहेछ ।

बमबिस्फोटको जिम्मा कसैलेपनि लिएका छैनन । बामगठबन्धनको भेला भएको पुर्बसुचनाको आधारमा त्यसक्षेत्रमा बम राखिएको आशंका गरिएको छ ।

यसैगरि आजै भोजपुरमा चनावी कार्यक्रमलाई लक्षित गरि राखिएको वम विस्फोट ३ जना घाईते भएका छन् ।

भोजपुरको उत्तरी षडानन्द नगरपालिकामा वम विस्फोट हुँदा ३ जना घाइते भएका हुन् ।  षडानन्द नगरपालिका – १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको वम विष्फोट भएको हो ।

वामगठवन्धनको चुनावी सभालाई लक्षित गरि राखिएको वम विस्फोट हुँदा नेपाल प्रहरीका असई उमेश मेहता, प्रहरी जवान देव नारायण यादव र एमाले कार्यकर्ता विक्रम राई घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने जानकारी दिए ।

उनिहरुलाई उपचारको लागि सदरमुकाम ल्याइदै गरेको उनको भनाई छ । वम विस्फोट पश्चात दोहोरो गोली हानहान समेत भएको न्यौपानेले वताए ।

वम भेटिएको आघा घण्टा विस्फोट भएको जिल्ला प्रसासनको भनाई छ । भोजपुर सदरमुकामबाट  डिस्पोजल टोली हिडेको भए पनि वम आफै विस्फोट भएको थियो । थप विवरण आउन वाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web