एजेन्सी ।

सोमबार बिहान इरान र इराकको सीमाक्षेत्रमा गएको ७.३ रेक्टरको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या ४ सय ५० पुगेको छ ।

दुई देशको पर्वतीय क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि त्यहाँका प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहँदा इरानमा मृत्यु हुनेको संख्या ४ सय २७ नाघेको इरानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् । अलजजिरा अनलाईनले मृत्यु हुनेको संख्या ४ सय १७ नाघेको उल्लेख गरेको छ ।

भूकम्पमा परि इराकमा कम्तिमा १७ जनाको निधन भएको खवर छ ।

भूकम्पमा परि कम्तिमा ७ हजार बढी व्यक्ति घाईते भएको र दर्जनौंको अवस्था गम्भिर रहेको बताइएको छ । भूकम्पले इरानको केर्मान्शाह प्रान्तमा ठूलो क्षति पुर्याएको छ । त्यहाँको कयौं गाउँहरुमा भौतिक क्षति व्यापक भएको र केही गाउँहरु क्षतिग्रस्त भएको समाचारमा उल्लेख छ ।

सन् २००३ मा गएको ६.६ रेक्टरको भूक्कम्पबाट सो क्षेत्रमा २६ हजार बढी व्यक्तिको मृत्यु भएको थियो अहिले फेरी सोही क्षेत्रमा गएको शक्तिशालि भूकम्पमा परेकाहरुले उद्धार कार्य जारि रहेको भन्दै उद्दार कार्यकर्ताहरुले भत्किएका भवनहरुमा जीवितै रहेका हुनसक्ने मानिसहरुको खोजी गरिरहेका छन् ।

भूकम्पको उच्च जोखिममा रहेको इरान अरबी र युरेसियाली प्लेट जोडिने स्थानमा अवस्थित छ ।

ती प्लेटहरुको घर्षणका कारण त्यस क्षेत्रमा जाग्रोस पर्वतमाला बनेको छ।

भूकम्पपछि खसेका पहिरोले सडकहरु सम्पर्क विच्छेद हुन पुगेका छन् जसका कारण उद्धार कार्य प्रभावित भएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको र दशौं हजार पीडितलाई आपत्कालिन वासको अभाव भइरहेको छ । केही गाउँहरु सञ्चारसम्पर्क विहिन भएका छन् ।

कुर्दहरुको बसोबास रहेको भूकम्प प्रभावित क्षेत्रका अधिकांश घरहरु माटोको इँटाले बनेका छन् ।

सार्पोल ए जाहब नगरमा कैयौं अग्ला घरका गाराहरु ढलेका छन् जसका कारण थुप्रै मानिस खुल्ला आकाशमुनि रात बिताउन वाध्य छन् ।

पृथ्वीको २३ किलोमिटरको गहिराइमा गएको भूकम्पको धक्का टर्की, इजरेल र कुवेत सम्म महसुस गरिएको बताइएको छ ।

16.08¡ÆC