काठमाडौँ । अनधिकृत रूपमा ‘एटिएम कार्ड’को प्रयोग गरी रकम निकाल्ने एक बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुल्गेरियाका नागरिक भिटालिय भालेभिच्नेकिटलाई पक्राउ गरेको हो ।

ठमेललगायतका विभिन्न स्थानमा रहेका बैंकका एटिएमबाट अनधिकृत रूपमा रकम निकाल्न प्रयास गरिरहेको तथा नेपाल इन्भेष्टमेन्ट बैंकको ठमेल, चाक्सीबारीस्थित एटिएममा स्किमर जडान गरेको भनी हुलियासहितको सूचना प्राप्त भएपछि ब्यूरोबाट खटिएको टोलीले खोजी अगाडि बढाएको थियो ।

काठमाडौँका सम्भावित न्यूरोड, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, क्षेत्रपाटीलगायतका स्थानमा जडान गरिएका एटिएममा गोप्य निगरानी गर्दै जाँदा ठमेल, नरसिंहचोकस्थित एक होटलबाट उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

उनको कोठाबाट १८ थान एटिएम कार्ड, ग्लोबल आइएमई बैंक, सानिमा बैंक तथा नबिल बैंकको एटिएमबाट रकम निकालेको कागज, विद्युतीय उपकरणहरू खोल्न प्रयोग हुने विभिन्न प्रकारका औजार प्रहरीले बरामद गरेको छ ।

17.17¡ÆC