काठमाडौँ ।

सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन सम्बन्धमा अध्ययन अगाडि बढाउने निर्णय गरेको छ ।

लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनका अनुसार उपत्यकामा सञ्चालन गर्ने २ मार्गमध्ये एउटा रेल विभागले र अर्को लगानी बोर्डले सञ्चालन गर्ने भन्ने उल्लेख थियो ।

लगानी बोर्डले अगाडि बढाउने मार्गको डिपिआर अगाडि बढाउन बोर्डको बैठकले निर्देशन दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकले माथिल्लो कर्णालीको वित्तीय व्यवस्थाका लागि १ वर्ष र अरूण तेस्रो जलविद्युत् आयोजनाका लागि ६ महिना म्याद थप गर्ने निर्णय गरेको छ ।

24.52¡ÆC