राष्ट्रपति विद्यादेवी भण्डारी यूएई जाँदै

कार्तिक २६, २०७४ मा प्रकाशित | 1637 views

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार संयुक्त अरब इमिरेट्स यूएई जाँदै हुनुहुन्छ ।

अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमणका लागि यूएई जान लाग्नु भएको हो ।

भ्रमणका क्रममा २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी दुबई इमिरेटको भ्रमणमा पनि जानुहुनेछ ।

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट भ्रमण हुन लागेको जनाउँदै परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति र युवराजबीचका बैठक एवं छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुने उल्लेख छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी यही कात्तिक ३० गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web