बाहिरी चक्रपथ निर्माणको काम अघि बढयो

कार्तिक २४, २०७४ मा प्रकाशित | 1154 views

काठमाडौँ । बाहिरी चक्रपथ निर्माणको चर्चा चलेको १ दशकपछि उपत्यकाका तीनै जिल्ला जोडिने ७३ किलोमिटर लामो चक्रपथ निर्माणको काम अघि बढेको छ ।

चक्रपथ निर्माणको पहिलो चरणमा चोभार–गाम्चा–सतुंगल ६।६ किमी दूरीको ३।५ वर्ग किमी जग्गा विकास गर्न जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान शहरी विकास मन्त्री दिलनाथ गिरीले यसै साता निर्णय गर्नुभयो ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि जग्गा प्राप्ति ऐनअनुसार जग्गा विकासको काम शुरु हुन्छ । लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माण गर्न सरकारले चालु आर्थिक वर्षमा रु १० करोड बजेट विनियोजन गरेको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले गतवर्ष चोभार–गाम्चा–सतुंगल ६।६ किमी दूरीको ३।५ वर्ग किमी जग्गा विकास गरी बाहिरी चक्रपथ निर्माण गर्न ठोस निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web