पोखरा विमानस्थलको निर्माण कार्य अघि बढ्यो

कार्तिक २१, २०७४ मा प्रकाशित | 832 views

पोखरा ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्य अघि बढाएको छ ।

कम्पनीले अहिले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण गरेको र ती संरचना निर्माण भएपछि अन्य काम तीव रुपमा अघि बढ्ने पोखरा अन्तराष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।

मुलुककै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष्य राखिएको छ ।

विसं २०७३ वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुले संयुक्त रुपमा विमानस्थलको शिलान्यास गर्नुभएको थियो । चीनको एक्जीम बैंकको करिब २१ अर्बको ऋृण सहयोगमा विमानस्थलको निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web