काठमाडौं ।

युरोपियन युनियनले मंसिर १० र २१ गते हुने निर्वाचन पर्यवेक्षणका लागि निर्वाचन पर्यवेक्षण मिसन परिचालन गरेको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा युनियनका प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले दुबै चरणको निर्वाचनका लागि अल्पकालिन र दीर्घकालिन पर्यवेक्षणका लागि १ सय भन्दा बढी पर्यवेक्षकहरु परिचालन गरिएको जानकारी दिनुभयो ।

निर्वाचन प्रक्रियामा जनताको विश्वास अभिबृद्धि गर्ने, लोकतान्त्रिक प्रक्रियामा सघाउने उद्देश्यले निर्वाचनको पर्यवेक्षण गर्न लागिएको र पर्यवेक्षकहरुले मतदान, मतगणना एवं मतपरिणाम तालिकीकरणको पर्यवेक्षण गर्ने इयु प्रमुख पर्यवेक्षक जोभ्कोले बताउनुभयो ।

निर्वाचनको पर्यवेक्षणको अनुमति पाउने अन्तर्राष्ट्रिय संस्थाहरुमा द कार्टर सेन्टर, युरोपियन युनियन, एसियन नेटवर्क फर फ्रि इलेक्सन (एन्डफ्रेल) र अनकावा इन्टरनेसन रहेका छन ।

यस्तै सिन्धुपाल्चोकमा आजै पत्रकारहरुसगँ कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते संघीय र प्रान्तीय दुवै निर्वाचन एकैपटक हुने भएकाले यो निर्वाचन विशेष किसिमको हुने बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनका लागि सुरक्षाको भरपर्दो व्यवस्था मिलार्ईएको हुदाँ निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।

निर्वाचनसम्बन्धी ६७ किसिमका सामग्री जिल्लामा पठाउनुपर्ने भएकाले केही पठाइसकिएको र बाँकी पनि चाँडै नै पठाइने बताउनुभयो ।

त्यसैगरी उहाँले जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाच्न शान्तिपूर्वक ढंगले सम्पन्न गराउन र आचारसंहिता उल्लङ्घनका घटना हुन नदिन निर्देशन दिनुभएको थियो ।

जिल्लामा १४४ मतदानस्थलमा १८५ केृन्द्र कायम गरिएको र ३१ केन्द्र संवेदनशील भएकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिनुभयो ।

त्यस अवसरमा मतदाता शिक्षकहरुलाई आगामी २५ गतेबाट प्रत्येक वडामा पठाइने जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिदनुभयो । प्रतिनिधि सभा २ र चार प्रदेश सभा रहेको जिल्लामा कुल दुई लाख २६ हजार ५४० मतदाता रहेका छन् ।

23.12¡ÆC