एजेन्सी ।

एक सांगितिक कार्यक्रममा गोली हानी कम्तिमा ५८ जनाको हत्या भएको महिना दिन नपुग्दै अमेरिकामा फेरी एक चर्चमा गोली हानी कम्तिमा २६ जनाको हत्या भएको छ ।

अमेरिकी समाचार संस्था सिएनएनले उल्लेख गरे अनुसार टेक्सस राज्यको सदरल्याण्ड स्प्रिङ्सस्थित एउटा बाप्टिस्ट चर्चमा २६ बर्षीय डेभिन पाट्कि केले नाम गरेका अमेरिकीले गोली चलाउँदा कम्तिमा २६ जनाको ज्यान गएको छ ।

गोली लागेर तथा भागदौडमा परि अन्य २० जना गम्भिर घाइते भएका छन् । सदरल्याण्ड स्प्रिङ्स नामक सानो नगरमा भएको उक्त घटनामा बन्दुकधारीको पनि मृत्यु भएको छ । तर उनी तीब्रगतिमा कार चलाई भागेर एक घरमा लुक्ने क्रममा प्रहरीले गोली चलाएपनि प्रहरीको गोली लागेर वा उनि आफैंले गाली दागेर मृत्यु भएको खुली सकेको छैन ।

सदरल्याण्ड स्प्रिङ्ग्सस्थित फ्रस्ट बाप्टिस्ट गिर्जाघरमा बिहानीको प्रार्थना चलिरहँदा उक्त बन्दुकधारी प्रवेश गरेको ठानिएको छ । त्यसपछि बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।

गोली लागेर मृत्यु हुनेमा ५ बर्षका बालक देखी ७२ बर्षका बृद्ध समेत छन् । मृत्यु हुनेमध्ये एकमा उक्त गिर्जाघरका पास्टरकी १४ वर्षीया छोरी समेत छिन् ।

टेक्ससका गभर्नर ग्रेग एबटले इतिहासकै सबैभन्दा खराब गोलीकाण्डको संज्ञा दिंदैनिर्दोष मानिसहरुको हत्या गरिएको र यसको कारण थाहा हुन नसकेको भन्दै शोक व्यक्त गरेका छन् ।

यता जापान भ्रमणमा रहेका अमेरिकी राष्टपति डोनाल्ड ट्म्पले गोली काण्डले विक्षिप्त भएको भन्दै घटनाले दुखी बनाएको प्रतिक्रिया दिएका छन् ।

टेक्सस प्रहरीले बन्दुकधारीले गोली चलाउनुको कारण थाहा हुन नसकेको र घटनाकारीको आतंककारी संगठनसँग संलग्नताको आधार फेला नपरिसकेको बताएको छ ।

24.12¡ÆC