जापानी संस्थाद्धारा राजविराज पुगेर बाढी पीडितलाई सहयोग

कार्तिक १९, २०७४ मा प्रकाशित | 1264 views

राजविराज ।

गत साउन २७ पछि आएको बाढीले घरवार विहीन भई विस्थापित बनेका बाढी पीडितलाई शनिबार जापानी सहयोगी संस्था प्लेटफर्म र पीस वीन्ड्सले राहत सामाग्री वितरण गरेको छ ।

स्थानीय साझोदार संस्था लायन्स क्लब राजविराज र समृद्धिका लागि यथा गोग्य कार्य संस्था (आई एस एपी) को संयोजन तथा नेपाल रेडक्रस सोइसाईटी उपशाखा राजविराजको समन्वयले बाढी प्रभावित रुपनी, मधवापुर, तिलाठी–कोइलाडी र गोबरगाढा गाउँका ८० परिवारलाई राहत वितरण गरीएको हो ।

जापानी सहयोगी संस्था पीस वीन्ड्सकी प्रतिनिधि इसीकावाले प्रतिपरिवार एउटा म्यार्टेस, एकसेट किचेन किट्स, एक थान त्रिपाल, चार थान कम्बल, एक थान बाल्टीन, एक बोरा चामल, ५ केजी दाल, ५ केजी च्यूरा, एक लिटर खाने तेल र एक प्याकेट नुन र सरसफाईका एक÷एक सेट सामाग्रीका दरले राहत वितरण गरेका छन् ।

यस अघि गत असोजमा दशैका बेला समेत सो संस्थाले यहाँका बाढी पीडित ६ सय ९० परिवारलाई चाडाकुडा, त्रिपाल, लत्ताकपडा र खाद्यान्न लगायतका राहत सामाग्री वितरण गरेको थियो ।

गत साउन अन्तिम साता अविरल वर्ष पछि विभिन्न खोला तथा नदीमा आएको बाढीका कारण जिल्लामा ६ जनाको मृत्यु भएको थियो भने ३ हजार भन्दा बढी परिवार प्रभावित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web