काठमाडौं ।

आगामी मंसिर २१ गते दोस्रो चरणमा प्रत्यक्ष तर्फ ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज भएको उम्मेदवारहरूको मनोनयन दर्ता राजनीतिक दलहरुको उत्साहजनक सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा प्राप्त पछिल्लो विवरण अनुसार प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ र प्रदेशसभातर्फ २ हजार ९ सय ६६ गरी जम्मा ४ हजार ७ सय ८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ गरी जम्मा ३ सय ३४ महिला उम्मेदवार रहेका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादलले आगामी मङसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनको लागि राजनीतिक दलको उल्लासपूर्ण सहभागीतामा उम्मेदवारी मनोनयनदर्ता भएकोमा खुशी प्रकट गर्दै सवैप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

आवाज

प्रमुख आयुक्त डा. यादवले उम्मेदवारी दर्ताको उत्साहलाई निर्वाचन आचार संहिता पालनामा पनि कायम राख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिनुभयो ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले उम्मेदवारी मनोनयन दर्ताबाट प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनप्रतिको सबै किसिमका आशंका हटेर देश पूर्णरुपमा निर्वाचनको उत्सवमा होमिएको बताउनु भयो ।

निर्वाचन कार्यक्रम अनुसार, सम्बन्धित निर्वाचन कार्यालयबाट आज नै उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।

भोलि १७ गते उम्मेदवारको विरोधमा उजूरी दिन सकिने र कात्तिक १८ गते मनोनयनपत्र र उजूरीमाथि जाँचबूझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

20.12¡ÆC