बाँके ।

भारतले जडीबुटी निकासीमा वस्तु तथा सेवा कर लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा परेका छन् ।

यसअघि केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएको नेपाली जडीबुटीमाथि हाल आएर वस्तु तथा सेवा कर समेत लगाइएकाले व्यवसायीले आफूहरू दोहोरो मारमा परेको जनाएका छन् ।

19.12¡ÆC