वीरगञ्ज ।

विगत ३ महिना देखी गण्डक नहरमा पानी नआउदा पर्सा, बारा र रौतहटका किसानहरू प्रभावित भएका छन् ।

गत साउनमा आएको विनाशकारी बाढीले गण्डक नहरका विभिन्न स्थान भत्किएको कारण नहरमा पानी नआउँदा पर्सा, बारा र रौतहटका किसानहरू मर्कामा परेका हुन् ।

क्षतिग्रस्त गण्डक नहर मर्मतमा सम्बन्धित निकाय उदासिन रहेको कृषकहरुको आरोप छ ।

धानमा फसल लाग्ने समयमा सिचाई गर्नु पर्ने भएपनि नहरमा नआउदा कृषकहरु चिन्तित भएका छन् । नहरमा आश्रीत कृषकहरु यो वर्ष धान वाली प्रभावित हुने भन्दै चिन्तामा रहेको भिखमपुरका किसान दिनेश प्रसाद कुर्मीले बताउनुभयो ।

सिंचाइ नपुग्दा धानमा फूल फुल्ने बेलामा बोट सुक्न थालेको भन्दै नारायणी सिंचाइ परियोजनाले तत्काल गण्डक नहर मरमत नगरे यस वर्ष गहुँ खेतीसमेत लगाउन कठिन हुने धोबानी गाउपालिकामा अस्वारीका किसान महेश प्रसाद यादवले गुनासो गर्नुभयो ।

नारायणी सिंचाइ परियोजनाले तत्काल नहर मरम्मत गर्न तथा भारत तर्फको ड्याम मरम्मत गर्न बिहार सरकारको ध्यानाकर्षण गराउन किसानहरूले माग गरेका छन् ।

३ महिनादेखि नहरमा पानी नआउँदा पर्सा, बारा, रौतहटको हजारौ हेक्टर जमिनमा लगाइएको धान खेती प्रभावित भएको छ ।

19.12¡ÆC