बारामा आलु खेतिमा बृद्धि

कार्तिक ११, २०७४ मा प्रकाशित | 784 views

बारा ।

बाराका कृषकहरुले यसवर्षमा कुल ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु खेती गरिएको जिल्ला कृषि विकास कार्यालय बाराले जनाएको छ ।

गत साउन महिनाको अन्तिम सातामा परेको अविरल वर्षासंगै आएको बाढीले धानखेतिको केहि क्षेत्रमा क्षति भएको खेतमा कृषकहरुले थप आलुखेति गरिएकोले गतबर्षको तुलनामा यसवर्ष आलु खेतिमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताए ।

जिल्लाको अमृतगंज, गोलागंज, हरिहरपुर, देवपुरटेटा, उचिडिही, भगवानपुर, मटिअर्वा, पिपरपाति बरियारपुर, प्रष्टोका लागायतका ठाऊहरु  आलु खेतिको पकेट क्षेत्र भएपनि जिल्लाका अधिकांश गाउहरुमा सि ४०, खुम्मलटार रातो जातिका आलु लगाउने गर्दछन ।

आलुखेतिका लागि जिल्ला कृषि कार्यालय बाराले विऊ उपलब्ध नगराएपछि कृषकहरु स्वयम आफ्नै लगानीमा आलुका विऊ किनी लगाउन बाध्य भएका एक किसानले बताए ।

हाल कलैया बजारमा जिल्ला बाहिरबाट आएका नया आलु रु ६० रुपैया, कृषकहरुले कोल्ड स्टोरमा भण्डारन गरेको आलु २५ देखी ३० रुपैयामा विक्रि भईरहेको छ ।

गतबर्ष २०७३/०७४ मा कृषकहरुले विभिन्न जातको आलु ७ हजार ४५ हेक्टर क्षेत्रफलमा खेति गरीएकोमा प्रति हेक्टर १५ मेट्रिटनको  दरले उत्पादन हुदा १ अर्व ५८ करोड ५१ लाख २५ हजार बरावरको १ लाख ५० हजार ६ सय ७५ मेट्रिकटन आलु उत्पादन भएको कृषि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web