पोल्ट्री तथा लाइभस्टक प्रदर्शनी १७ गते शुरु हुने

कार्तिक १०, २०७४ मा प्रकाशित | 784 views

चितवन । पोल्ट्री व्यवसायको प्रवर्द्धनका लागि यही कात्तिक १७ गतेदेखि भरतपुरमा नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तराष्ट्रिय प्रदर्शनी हुने भएको छ ।

नेपाल पोल्ट्री महासंघको आयोजनामा हुन लागेको मेलामा २ सयभन्दा बढी स्वदेशी र विदेशी व्यवसायी सहभागी हुनेछन् ।

मेलामा आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, ह्याचरी उद्योग, बंगुरपालन उद्योग, मत्स्यपालन उद्योग र मासुजन्य उद्योगहरुको प्रदर्शनी रहने छ ।

महासंघका अध्यक्ष गुणचन्द्र विष्टले अन्तराष्ट्रिय स्तरको पोल्ट्री तथा लाइभस्टकजन्य उत्पादनका प्रविधि भित्र्याउन मेला सहयोगी हुने बताउनुुभयो । मेला ३ दिनसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web