भलिबलको वार्षिक कार्ययोजना

जेष्ठ २३, २०७३ मा प्रकाशित | 946 views

काठमाडौं,जेठ २३ । नेपाल भलिबल संघले आगमी वर्षको लागि वार्षिक कार्ययोजना आइतबार सार्वजनिक गरेको छ । निर्वाचित भएको २० दिनपपछि  संघले आइतबार पत्रकार सम्मेलन गर्दै वार्षिक कार्ययोजना सार्वजनिक गरेको हो । वार्षिक कार्ययोजनामा विभिन्न २३ विधाहरु सार्वजनिक गरेको हो । संघको योजना अनुसार पहिलो कार्य आगमी असार तीन गते ओलम्पिक डे को अवसरमा १२ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गर्नेछ ।  यस्तै साउन १३ गतेको लागि भारतसँग मैत्रीपूर्ण महिला भलिबलको आयोजना गरेको छ । भाद्रमा भलिबल महोत्सव तेस्रो राष्टिय महिला एनभीए महिला तथा पुरुष क्लब च्यामिपयनसिप हुनेछ । कात्र्तिकमा पाचौं महिला तथा छैटौं राष्टिय पुरुष बीच भलिबल गराउने तालिका छ ।

मङ्सिरमा ३०  औं पुरुष तथा २०औं महिला भलिबलको कार्ययोजना छ । कार्तिक एभीसी सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला भलिबल तथा कार्तिकमा इन्टरनेशनल रेफ्री क्यानिडेट कोर्स तथा रेफ्री रिफ्रेसरको तालिका छ । माघमा यु –१५ विद्यालय स्तरीय राष्ट्रिय भलिबल गराउने संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले पत्रकार सम्मेलनमा बताए । चैत्रमा तेस्रो राष्ट्रिय पुरुष तथा महिला क्लब लिग  भलिबल तथा वैशाखमा इभीसी सिनियर सेन्ट्रल जोन महिला तथा पुरुष  भलिलमा सहभागिता जनाउने कार्य तालिका छ । ७४ वैशाखमा वर्ष खेलाडी र प्रशिक्षक एवम् संघ सस्थालाई सम्मान गर्ने संघका महासचिव जितेन्द्रवहादुर चन्दले बताए । उनले सबै पुरा गर्न करिव दुई करोड देखि ३ करोड लागत लाग्ने बताए । संघको कार्य योजनामा क्षेत्र तथा जिल्लाले आयोजना गर्ने प्रतियोगिताहरु समावेश गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web