मिथिलाञ्चलमा विधिवत् छठपर्व शुरु

कार्तिक ७, २०७४ मा प्रकाशित | 880 views

सप्तरी । मिथिलाञ्चल क्षेत्रमा विधिवत रुपमा छठपर्व शुरु भएको छ ।

४ दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अर्थात् आज अरबा–अरबाइन, दोश्रो दिन खरना, तेश्रो दिन बेलुकी अस्ताउन लागेको सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरी छठ सम्पन्न हुने परम्परा छ ।

छठपर्व मनाउनका लागि विभिन्न जलाशय सजाउने कार्यसमेत शुरु भइसकेको छ ।

शुरुमा तराइबासीले मात्र मनाउने यो पर्व हिजोआज अन्य जाति एवं राजधानी लगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि सरकारले छठपर्वको अवसरमा सार्वजनिक बिदासमेत दिने गरेको छ ।

निर्धनता र निःसन्तान हुनुबाट मुक्ति पाउन एवं मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web