कम्युनिष्ट गठबन्धन सत्ता प्राप्तिका लागि – नेता खड्का

कार्तिक ६, २०७४ मा प्रकाशित | 780 views

काठमाडौं ।

भूकम्प पीडितका नाममा आएको त्रिपालमा समेत हिनामिना गरेको पाइएका तत्कालिन मन्त्री तथा नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको कम्युनिष्ट गठबन्धन सत्ता प्राप्तिका लागि मात्र भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आज गरेको साक्षात्कारमा नेता खड्काले वामपन्थीको गठबन्धनले नेपाली काँग्रेस आत्तिनुपर्ने अवस्था नभएको बताउनुभयो ।

नेकपा ९एमाले० का नेता शंकर पोखरेलले मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि वाम गठबन्धन भएको बताउनुभयो ।

नेकपा 'माओवादी केन्द्र'का नेता हरिबोल गजुरेलले राष्ट्रको आवश्यकतालाई हेरेर वामपन्थी दलहरुले गठबन्धन गरेको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी 'राजपा' का नेता केशव झाले मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि लोकतान्त्रिक शक्तिसँग तालमेल हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web