२२ जेठ, जापान ।
कुमामोतो भूकम्प प्रभावित वस्तीमा पुगेको नेपाली टोलिले आज बिहानैबाट सहयोगको काम थालेको छ ।

नेपाली टोलीले भूकम्प प्रभावितहरुको घर घरमा पुगेर सरसफाई सहित भूकम्पमा परि भत्किएका घरमा रहेका सामान निकाल्ने लगायतको काम आज बिहानैबाट थालेको हो ।

प्रल्हादसिंह महतको नेतृत्वमा गएको नेपाली टोलिमा जापानका लागि कार्यवाहक नेपाली राजदूत गहेन्द्रराज राजभण्डारी समेतको सहभागीता रहेको छ ।

स्वयंसेवी टोलिले बिहानैबाट काम थालेको जानकारी दिंदै टोलीमा सहभागी विइ फर अल संस्थाका अध्यक्ष समेत रहनुभएका सरोज कुमार खत्रीले स्थानिय संघ संस्थासँगको समन्वय र स्थानियसँग छलफलपछि भत्किएका घरभित्र रहेका सामान निकाल्ने, सरसफाइ लगायतको काम एकसाथ थालिएको बताउनुभयो ।

१० जनाको टोलीमा एनआरएन जापान अध्यक्ष सुदन थापा, एनआरएन जापान सल्लाहकार जिज्ञान कुमार थापा, एनआरएनका सचिव बुद्धीराज घिमिरे, नेत्र ज्ञवाली, केशव थापा, विइ फर अलका अध्यक्ष सरोजकुमार खत्री र योग गुरु नेत्र ज्ञवाली लगायतको सहभागीता रहेको छ ।

गत अप्रिल १६ तारिखमा गएको ७.३ रेक्टर स्केलको शक्तिशालि भूकम्पमा परि कुमामोतो क्षेत्रमा ५० जनाको मृत्यु भएको थियो ।

हजारौं घाइते र लाखौं विस्थापित भएको सो क्षेत्रमा अझैपनि दशौं हजार व्यक्ति अस्थाई शिविरहरुमा आश्रय लिएर बसिराखेका छन् ।

यसअघि सोही क्षेत्रमा भूकम्प लगत्तै गैर आवसिय नेपाली संघ जापानको नेतृत्वमा गएको एक टोलीले भूकम्प प्रभावितहरुलाई नेपाली खाना सहितको सहयोग गरेको थियो ।

राजदूत सहितको नेपाली स्वंसेवी टोली कुमामोतो प्रस्थान

18.12¡ÆC