नुवाकोटबाट धार्के जोड्ने दुई लेनको सडक निर्माण शुरु

अशोज २९, २०७४ मा प्रकाशित | 846 views

काठमाडौं ।

नुवाकोट जिल्लाको धार्के जोड्ने ४० किलोमिटर लामो दुई लेनको सडक  निर्माण शुरु भएको छ ।

झन्डै डेढ अर्ब लागत लाग्ने सडकको पहिलो खण्डको १० किमी सडक निर्माण शुरु भएको छ ।

डिपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डका लागि ५० करोड ८५ लाख लाग्ने उल्लेख गरिए पनि सवाँ २४ करोडमा ठेक्का सम्झौता भएको छ ।

जिलिङ्को सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने सडक तीन खण्डमा निर्माण हुनेछ ।

सडक त्रिभुवन राजपथबाट तराईसँग जोडिने हुनाले यसको निर्माण पूरा भएपछि पृथ्वीराजमार्गमा समस्या आए पनि नेपालको तराईबाट सिधैँ रसुवागढीसम्म र रसुवागढीबाट सिधै तराईसम्मको व्यापार तथा आवागमनमा सहज हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web