राष्ट्रपति रनिङ सिल्डमा विपना सर्वोत्कृट खेलाडी

जेष्ठ २१, २०७३ मा प्रकाशित | 1023 views

काठमाडौं, जेठ २१  । चार स्वर्ण जितेकी पश्चिमाञ्चलकी विपना परियार आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा शुक्रबार सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । प्रतियोगितामा विपनाले २ कीर्तिमानीसहित ४ स्वर्ण जितिन् । युवा तथा खेलकुद खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको एथलेटिक्सतर्फ छात्रा ट्रिपलजम्पमा १०.५२ मिटर तथा लङजम्पमा ५.०९ मिटर जम्प गर्दै विपना विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । विपनाले ४ गुणा १०० तथा ४ गुणा ४०० मिटर रिलेमा पनि टोलीसंग मिलेर स्वर्ण हात पारिन् । सर्वोत्कृष्ट घोषित भएसंगै खेलकुद मन्त्रालयका सह–सचिव चूढामणि पौडेलले विपनालाई युवा प्रतिभा खेलाडी पुरस्कारबाट सम्मानित गरिने घोषणा गरे । एक लाख राशीको सो पुरस्कार साउनमा हुने कार्यक्रममा प्रदान गरिने छ ।

मध्यमाञ्चलका अजितकुमार यादवले छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट १४.५ सेकेन्ड तथा सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी मन्जु रावतले ५ मिनेट १०.४ सेकेन्डमा पूरा गर्दै  विद्यालयस्तरकै कीर्तिमान बनाएका थिए ।

समग्रमा मध्यमाञ्चल टिम च्याम्पियन बन्यो । मध्यमाञ्चलले ३ सय १९ अंक बटुल्यो । दोश्रो भएको पश्चिमाञ्चलले २ सय १९ अंक बटुल्यो । १ सय १८ अंकसाथ मध्यपश्चिाञ्चल तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार जिते ।

फुटबल ः मध्यमाञ्चल र पश्चिमाञ्चलाई पहिलो

फुटबलको छात्रामा मध्यमाञ्चल र छात्रमा पश्चिमाञ्चलले उपाधि जिते । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्रा फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चलाई १–० गोलले पराजित ग¥यो । रजनी ठोकरले निर्णायक गोल गरिन् । छात्रको उपाधि भिडन्तमा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चलाई १–० गोलले हरायो । मन्दिप बानियाँले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।

भलिबल ः पश्चिमाञ्चल र मध्यमाञ्चल च्याम्पियन

भलिबलको छात्रमा पश्चिमाञ्चल च्याम्पियन बन्यो । फाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१७, २५–१२ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो । मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–२०, २५–१८ र २५–२१ ले हराउदै तेश्रो भयो । छात्रामा मध्यमाञ्चलले बाजी मा¥यो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई सीधा सेटमा २५–१४, २५–१७ र २५–१७ ले पाखा लगायो । तेश्रो स्थानमा चित्त बुझाएको मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई १९–२५, २५–९, २५–१० र २५–१४ ले पन्छायो ।

कबड्डी ः सुप र मध्यमाञ्चल शीर्ष स्थानमा

कबड्डीतर्फ सुदूरपश्चिमाञ्चल छात्रमा पहिलो भयो । सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई ४८–४१ ले पराजित ग¥यो । पश्चिमाञ्चल पूर्वाञ्चललाई ५३–२२ ले हराउदै तेश्रो भयो । छात्राको फाइनलमा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चलाई ५०–३४ ले हराउदै पहिलो भयो । तेश्रो भएको पूर्वाञ्चलले मध्यपश्चिमाञ्चलाई ६१–२७ ले हरायो ।

क्रिकेट ः मध्यमाञ्चललाई स्वर्ण

मध्यमाञ्चल फाइनलमा मध्यपश्चिमाञ्चललाई सजिलै ३४ रनले हराएर च्याम्पियन बन्यो । टस जिती पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । मध्य पश्चिमाञ्चल जवाफमा १९.४ ओभरमा १२३ रनमा अलआउट भयो । सुरज तिमल्सिनाले चार र मुकेश शाहले तीन विकेट लिएपछि मधपश्चिमाञ्चलको पाली धराशायी भएको हो ।

तीनदिने प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, खेलकुद मन्त्रालयका सचिव लक्षमणप्रसाद मैनाली, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web