टोकियो ।

जापानको क्युसु क्षेत्रको माउन्ट शिन्मोइमा शक्तिशालि ज्वालामुखी विस्फोट भएको छ ।

जापानको मौसमविज्ञान विभागले बुधबार विस्फोट भएको ज्वालामुखीपछि क्युसु क्षेत्रको सो स्थान वरपर नागरिकलाई नजान चेतावनी जारी गरेको छ ।

श्रेणी ३ को ज्वालामुखी विहान ५ बजेर ३४ मिनेटमा विस्फोट भएको हो ।

ज्वालामुखी माउन्ट किरीसिमाको ज्वालामुखीहरुको समुहको एक अंश भएको र यो पछिल्लो ६ वर्षमा पहिलोपटक विस्फोट भएको हो ।

श्रेणी ३ को ज्वालामुखी भन्नाले त्यस वरपर जान खतरा रहेको भन्ने बुझिन्छ । श्रेणी ५ ले सुरक्षित स्थातर्फ जान चेतावनी दिने तथा उच्च जोखिम ठानिन्छ भने तीन श्रेणीले मानिसहरुलाई त्यस ज्वालामुखीको नजिक नजान चेतावनी दिने गर्छ ।

भूकम्प र ज्वालामुखीको उच्च जोखिम रहेको जापानमा यसबारेको सतर्कता, पूर्व तयारी र सावधानी अपनाएर सरकारले उद्धार संयन्त्र र संरचना निर्माण गर्ने गरेको छ ।

19.12¡ÆC