प्रश्नपत्र छाप्ने देखी छात्रवृत्ति दिंदा समेत भ्रष्टाचार गरेका देवी प्रसाद बाराकोटीबिरुद्ध मुद्दा

अशोज २५, २०७४ मा प्रकाशित | 768 views

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक शिक्षा परिषदका तत्कालीन सह–सचिव 'हाल अवकाश प्राप्त' देवी प्रसाद बाराकोटीले प्रश्नतपत्र छपाई लगायत छात्रवृति वितरण गर्दा घुस लिई अकूत सम्पत्ति आर्जन गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अवकाश प्राप्त सह–सचिव बाराकोटीले पदमा रहदा २ करोड २ लाख भन्दा बढी सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको अख्तियारको आरोप छ ।

गैरकानूनी रुपमा आर्जित सम्पत्तिबाट १ करोड १७ लाख बढाएको समेत पाइएकोले निज बाराकोटीले ३ करोड २० लाख ७४ हजार भ्रष्टाचार गरेको कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार जरिवाना र कैद सजाँयको  माग अख्तियारले गरेको छ ।

यसैगरी बाराकोटीले गैरकानूनी रुपमा आर्जन गरेका सम्पत्तिहरू श्रीमती प्रमिला उप्रेतीको नाममा राखेको पाइएकोले भ्रष्टाचर गरी श्रीमतीको नाममा राखेको  चल अचल सम्पत्तिहरू समेत जफत गर्न अख्तियारले माग गरेको छ ।

यसैगरी अख्तियारले ईलाका वन कार्यालय राजापुर, बर्दियामा कार्यरत वन रक्षक सीताराम थारुले काठ निकासी छुट पुर्जीको म्याद थप गरिदिने प्रयोजनको लागि  सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिदै गर्दा निजकै कार्यालयबाट अख्तियारको  कोहलपुर कार्यालयबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी अख्तियारले कपिलवस्तु जिल्ला यशोधरा गाउँपालिका वडा नं.९४ का वडा सचिव अयोध्या विश्र्वकर्माले नेपाली नागरीकताको प्रमाणपत्र बनाउने सिलसिलामा सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ७ हजार घुस लिएको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुध्दा दायर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web