काठमाडौं ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले दुई किलो अफिम र २२ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले अफिम र चरेसहित पक्राउ परेका धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तानलाई आज पत्रकारसम्मेलन गरी सार्वजनिक गरिएको हो ।

उनीहरुको साथबाट दुई किलो अफिम, २२ किलो चरेस, सात हजार नेपाली र ५८ हजार भारतीय रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

25.12¡ÆC