साताको दोश्रो दिन पनि नेप्से ओरालो

अशोज २३, २०७४ मा प्रकाशित | 771 views

काठमाडौं । साताको दोश्रो दिन सोमबार पनि नेपाली शेयर बजारको परिसूचक नेप्से ओरालो लागेको छ ।

लामो बिदापछि खुलेको बजारको परिसूचक नेप्से आइतबार ३२ अंकले ओरालो लागेको थियो भने सोमबार ८।१२ अंकले ओरालो लागेर १ हजार ५०१ बिन्दुमा पुगेको छ ।

सोमबार अन्य समूहबाहेक अरू सबै समूहका परिसूचकहरु घटेका छन । सोमबार १५२ कम्पनीहरुका ६ लाख ४३ हजार ५ कित्ता शेयरहरु ३१ करोड ६८ लाख छ हजार ७५८ मूल्यमा किनबेच भएको छ ।

स्टकका अनुसार आज अन्य समूहको शेयर कारोबारमा भने ४.९२ बिन्दूले बढोत्तरी भएको छ । बैंकिङ ९, व्यापार ३.०४, होटल १.६, विकास बैंक १२.६३, जलविद्युत् ६.२९, बीमा ४७.२७ र वित्त क्षेत्र ८.१४ बिन्दूले घटेको छ ।

यसैबीच नेपाल धितोपत्र बोर्डले धैर्यतापूर्वक रहन र अनावश्यक टिप्पणीमा नअल्झन लगानीकर्ताहरुलाई आग्रह गरेको छ । बोर्डले एक सूचनामार्फत बजारलाई प्रभावित पार्ने प्रवृत्तिसँग सतर्क रहन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web