जापानमा जाटा मेलामा १ लाख बढी विदेशीलाई नेपालको प्रचार सामग्री वितरण

अशोज २०, २०७४ मा प्रकाशित | 1068 views

काठमाडौं ।

जापानमा नेपालको पर्यटन प्रर्वद्धनका लागि ‘जाटा मेला २०१७’ आयोजना गरि १ लाखभन्दा बढी विदेशी नागरिकलाई नेपाल बारेको प्रचारप्रसार सामग्री वितरण गरिएको छ ।

अंग्रेजी, जापानी तथा नेपाली भाषाका फोटोसहितका सामग्री देखेर चासो लिँदै जापानी नागरिकले नेपालबारे जिज्ञासा लिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

मेलाको क्रममा सहभागीहरुले नेपालबारे जानकारी लिँदै भविष्यमा नेपाल–जापान पर्यटनमा एक भएर काम गर्न सक्ने भनाइ राखेको जापानका लागि पर्यटन प्रतिनिधि अनुज थापाले बताउनुभयो ।

जापानसहित ३० राष्ट्रका नागरिकलाई सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका दूत सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी, प्राचीन तिलौराकोटसहित विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रको जानकारी गराइएको थियो ।

नेपालको यो प्रचारप्रसारलाई आयोजक जापान एशोसिएसन अफ ट्राभल एजेन्ट जाटाले नमूनायोग्य भन्दै विदेशी नागरिकलाई बुझाउन अबलम्बन गरिएको उपाय साँच्चिकै सराहनीय रहेको जनाएको छ ।

जापानका ४७ प्रान्तका पर्यटन सम्बद्ध पदाधिकारी र ३० राष्ट्रका अधिकारीलाई नेपाली कला संस्कृतिबारे जानकारी दिन नेपाली गीत र नृत्य समेत प्रदर्शन गरिएको थियो । मेला  १ लाख ९१ हजार ५७७ जनाले अवलोकन गरेको जाटाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web