चितवन । बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गर्न थालिएको छ ।

हाल विस्तार भइरहेको सडकले ५ वर्षपछि सवारीको चाप थेग्न नसक्ने देखिएकोले विकल्पको रूपमा धादिङको मलेखुबाट चितवनको भण्डारा जोड्ने ग्रामीण सडकलाई विस्तार गर्न पहिलो विकल्पका रूपमा अघि सारिएको छ ।

दोश्रो विकल्पका रूपमा मुग्लिनबाट देवघाट हुँदै नवलपरासीको गैँडाकोटसम्मलाई लिइएको छ ।

यी दुवै विकल्पका सडकको विस्तृत डिजाइनका लागि परामर्शदाता छनोट गरिसकिएको सडक विभागको एशियाली विकास बैंक आयोजनाका निर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो ।

23.12¡ÆC