काठमाडौं ।

अर्थ मन्त्रालयले चाडवाडको समयमा भन्सार नाकाहरुबाट हुन सक्ने चोरी पैठारी नियन्त्रणका लागि सुक्ष्म निगरानी गर्न निर्देशन दिएको छ ।

दशैं लगायतका चाडपर्वमा मालवस्तुको आयात बढी हुनुका साथै चोरी पैठारी समेत हुन सक्ने र भन्सार नाकाहरु निर्वाद रुपले सञ्चालन हुने भएकाले भन्सार नाकाहरुमा सुुक्ष्म निगरानीको व्यवस्था गरिएको अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुुङ्गानाले जानकारी दिनुुभयो ।

मालवस्तुको बिल विजक जारी भए–नभएको सम्बन्धमा बजार अनुुगमनलाई अझ प्रभवकारी बनाइएको र भन्सार बिन्दुहरुमा न्यून विजकीकरण भएका माल वस्तु खरिदका लागि आवश्यक रकम सहित निर्देशन दिइएको सचिव ढुुङ्गानाले बताउनुुभयो ।

चाडवाडको समयमा बजार एवं भन्सार नाकाहरुको अनुुगमनका लागि आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले ३९ वटा समूह परिचालन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कृषिजन्य वस्तुको आयात निर्यातमा ११ अर्ब बढीको व्यापार घाटा

विराटनगर ।

विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब ११ अर्बभन्दा बढीको व्यापार घाटा देखिएको छ ।

विराटनगर नाका भएर गत आर्थिक वर्षमा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलपूmल र कृषिजन्य वस्तु १४ अर्ब ५६ करोड भन्दा बढीको सामान नेपाल भित्रिएको छ भने भारततर्फ ३ अर्ब २६ करोड भन्दा बढीको कृषिजन्य वस्तु निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।

भारतबाट आयात हुने कृषिजन्य वस्तुमा ८ अर्ब ४८ करोड ९२ लाख मूल्यको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी ३ लाख १ हजार ७३३ मेट्रिक टन खाद्यान आयात भएको हो ।

साथै ३ अर्ब ५७ करोड ६५ लाख ४५ हजारका विभिन्न प्रकारका तरकारी, आलु, तेलहन पदार्थ लगायतका खाद्य सामग्री भित्रिएका छन् ।

विराटनगर नाका भएर भारततर्फ ३ अर्बभन्दा बढी मूल्यको कृषिजन्य तथा जडीबुटी भारततर्फ निर्यात भएको छ ।

15.12¡ÆC