उत्तर कोरियालाई बर्षेनी ७० करोड घाटा पर्नेगरि चीनको थप प्रतिवन्ध

अशोज ८, २०७४ मा प्रकाशित | 1692 views

बेइजिङ ।

चीनको सबैभन्दा नजिकको सहयोगी देश चीनले अमेरिकी दवाव र राष्टसंघको नयाँ प्रतिवन्दको पालना गर्दै उत्तर कोरियामाथि थप प्रतिवन्ध लगाएको छ ।

चीनले कच्चा तेल र धागोजन्य वस्तुमा प्रतिवन्ध लगाउने नयाँ निर्णय गरेसँगै उत्तर कोरियालाई बर्सेनि ७० करोड डलर नोक्सान हुने विज्ञहरूले बताएका छन् ।

चीनले उत्तर कोरियामाथि तेल निर्यातमा आंशिक कटौती र धागोजन्य सामग्रीको आयात पूर्ण रूपमा रोक्ने भएको हो । उत्तर कोरियाको पछिल्लो आणविक परीक्षणपछि चीनले उत्तरविरुद्ध कडा कदम चालेको हो ।

चीन उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण व्यापारिक साझेदार राष्ट्र हो । उत्तर कोरियाका लागि चीन आम्दानीको महतवपूर्ण स्रोत समेत हो । धागोजन्य वस्तुको व्यापार प्रतिबन्धले उत्तर कोरियालाई ठूलो आर्थिक क्षति पुग्ने ठानिएको छ ।

उत्तर कोरियाको पेट्रोलियम पदार्थको मुख्य स्रोत चीनबाट हुने कच्चा तेलको निर्यात हो । उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्तावलाई राष्ट्रसंघको सुरक्षा परिषद्ले एक साताअघि पारित गरेको थियो । सो प्रस्तावको पक्षमा चीन र रसियाले हस्ताक्षर गरेका थिए ।

पेट्रोलियम पदार्थमाथिको प्रतिबन्ध आगामी अक्टोबर १ बाट लागू हुने चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । त्यसलगत्तै बेइजिङले प्योङयाङ निर्यात हुने प्राकृतिक ग्यासमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

राष्ट्रसंघको प्रस्तावनाअनुसार अर्को वर्षदेखि चीनले बर्सेनि बढीमा २० लाख ब्यारेल कच्चा तेल उत्तर कोरिया निर्यात गर्नेछ ।

सन् २०१६ मा उत्तर कोरियाले चीनबाट दैनिक ६ हजार ब्यारेल ‘रिफाइन आयल’ आयात गरेको अनुमान गरिएको छ । चीनले उत्तर कोरियामा तेल निर्यात गरेको तथ्यांक सन् २०१४ देखि गोप्य राखेको छ ।

अमेरिकी पहलमा राष्ट्रसंघले लगाएको पछिल्लो प्रतिबन्धपछि उत्तर कोरिया अमेरिकाविरुद्ध क्रुद्ध भएको छ । दुई देशबीच वाक्युद्ध सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया ध्वस्त पारिदिने चेतावनी दिएका छन् भने उत्तर कोरियाले ट्रम्पको अभिव्यक्तिलाई ‘कुकुरको भुकाइ’ भनेको छ । जवाफमा ट्रम्पले कोरियाली नेता किम जोङ उनलाई ‘पागल’ भनेका छन् । उनीहरूबीचको झगडालाई रसियाली विदेशमन्त्री सर्जी लाभरोभले ‘किन्डरगार्टेनका बालबालिकाको झगडा’ भन्दै व्यंग्य गरेका छन् ।

उत्तर कोरियाबाट ल्याएको धागोबाट चीनमा लुगा बनाइन्छ र ‘मेड इन चाइना’ को ट्रेडमार्क राखिन्छ ।

उत्तर कोरियामा तेल निर्यातमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने अमेरिकी प्रस्तावको सुरुमा चीन र रसियाले विरोध गरेका थिए । तर, लामो बहसपछि आंशिक प्रतिबन्ध लगाउने विषयमा दुवै पक्षबीच सहमति भएको थियो ।

उत्तर कोरियाको आफ्नै ऊर्जा उत्पादन गृह छ । चीनबाट आयात गर्ने कच्चा पदार्थबाट प्योङयाङले केही पेट्रोलियम पदार्थ रिफाइन गर्छ, जसलाई नयाँ प्रतिबन्धमा समावेश गरिएको छैन ।

पछिल्लो दुई महिनामा उत्तर कोरियामा पेट्रोलको मूल्य २० प्रतिशतले वृद्धि भएको छ । आगामी दिनमा उत्तर कोरियामा अझै मूल्य बढ्ने अनुमान गरिएको छ । उत्तर कोरियाले कोइला पनि उत्पादन गर्छ र सन् २०१६ मा मात्र उत्तर कोरियाले एक अर्ब दुई लाख मूल्यबराबरको कोइला चीन निर्यात गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web