नापी विभागसँग चोरीको सफ्टवेयर ! नक्सा जोखिममा

अशोज ८, २०७४ मा प्रकाशित | 908 views

काठमाडौं । नापी विभागले प्रयोग गर्दै आइरहेको भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी सफ्टवेयर चोरीको (पाइरेटेड) भएको पाइएको छ । विभागले इसरी इन्क नामक अमेरिकी कम्पनीको आर्क जीआईएस सफ्टवेयर अनधिकृत रुपमा महत्त्वपूर्ण तथ्यांक संकलन तथा अपडेट गर्ने कार्यमा प्रयोग गरिरहेको छ ।

इसरी इन्डियाका नेपाल हेर्ने विवेक चौहानका अनुसार, ७Þ–८ वर्षयता नापी विभागले आफूबाट जीआईएस अनुमतिपत्र नलिएको बताए । नापी विभागको सर्भे तथा नाप नक्सासम्बन्ँधी कामका लागि जीआईएस सफ्टवेयर सबैभन्दा महत्त्वपूर्ण हुन्छ । विभाग र मातहत शाखा तथा ७५ वटै जिला कार्यालयको काममा दैनिकजसो उपयोगमा आउने सफ्टवेयर भने सम्बन्धित कम्पनीको अनुमति बिना नै प्रयोग भइरहेको छ ।

अमेरिकी कम्पनीको सफ्वेयर अनधिकृत प्रयोग भएकाले देशभरका डाटा क्र्यास हुन सक्ने सम्भावना रहेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web