काठमाडौं ।

असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताउनुभयो ।

सुरक्षा व्यवस्थामा कहीँकतै कमजोरी नहुनेमा आश्वस्त पार्दै उहाँले ढुक्क भएर निर्वाचनमा मतदाता मतदान केन्द्रसम्म पुग्ने बताउनुभयो ।

गृह प्रवक्ता सुवेदीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी त्यस निर्वाचनमा परिचालन गरिने जानकारी दिनुभयो ।

निर्वाचनलाई विचार गरी गएराति १२ बजेदेखि नै निर्वाचन हुने ८ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ ।

निर्वाचन सुरक्षाकै निम्ति धनुषामा एउटा र बारा, पर्साको बीचमा एउटा गरी २ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ ।

यस्तो नेपाली सेनाको बाहिनी र केन्द्रमा समेत थप हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृह प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

19.12¡ÆC