आशिफ सेख र शन्दिप शुनारको अर्धशतकको मद्दत्तमा नेपाल मलेसियामा जारी १९ वर्ष मुनि उमेर समूहको ए सी सी पूर्विय क्षेत्र क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

किनरारामा आज भएको सेमिफाईनलमा नेपालले आयोजक मलेसियालाई १० विकेटले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।

मलेसियाले दिएको १ सय २२ रनको विजयी लक्ष्य नेपालले कुनै पनि विकेट खर्च नगरिकन २३.१ ओभमा पुरा गरेको थियो ।

नेपालका शुरुआती ब्याट्म्यान आशिफ सेखले ८ चौका १ छक्का प्रहरा गर्दै ६५ बलमा ५० रनको योगदान गरेका थिए ।

यसैगरि अर्का शुरुआती ब्याट्म्यान शन्दिप शुनारले ८ चौका प्रहरा गर्दै ७७ बलमा ५१ रनको योगदान गरेका थिए ।

पहिलो ब्याटिङ्ग गरेको मलेसियाले ४२ ओभरमा १ सय २१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले राम्रो बलिङ्ग गर्दै सर्वाधिक ५ विकेट लिएर मलेसियालाई ४२ ओभरमा सिमित पारेका थिए ।

हंङकङ र सिंगापुरबिचको अर्को सेमिफाईनल अहिले ब्यूमासमा जारी छ ।

22.12¡ÆC