टोकियो ।

गैरआवासीय नेपाली संघ जापानको सन २०१७-१९ का लागि सहमती तथा निर्वाचन मार्फत बिजयी भएकासबै प्रतिनिधिहरुले एकसाथ शपथग्रहण गरेका छन् ।

सर्वसम्मत रुपमा चयन भएका र सेप्टेम्बर ३ मा सम्पन्न निर्वाचन मार्फत बिजयी भएका सबैलाई एनआरएनए क्षेत्रीय संयोजक किरण विक्रम थापाले एकसाथ सपथ ग्रहण गराएका हुन् ।

समारोहमा एनआरएनए आइसीसी सदस्य भुषण घिमिरे, आइसीसी सदस्य तथा निर्वाचन आयुक्त ओम गुरुङ, नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, निर्वाचन कमिटीका सदस्य भुपालमान श्रेष्ठ, पुष्कर जंग थापाको उपस्थिति शपथग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जापानमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक पार्टीका प्रतिनिधिहरु, पत्रकारहरुका साथै एनआरएनए अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

एनआरएनए जापानको दुई बर्षे कार्यकालका लागि अध्यक्षमा टासी वागंदी लामाको नेतृत्वमा कार्यसमिति बनेको छ ।

बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी तथा उपाध्यक्षमा शिव प्रसाद पौडेल र सरोज खत्री रहेका छन् ।

यसैगरि महिला उपाध्यक्षमा अनिता गुरुगं चयन भएकी छिन् । महासचिवमा भने बुद्धिराज घिमिरे यसअघिनै सर्वसम्मत चयन भइसकेका थिए ।

सचिवमा जनक विक्रम शाहि चयन भएका छन् । एकमात्र महिला सदस्यमा सृजना पाण्डे बिजयी बनेकी हुन् ।

कोषाध्यक्षमा कालिकाथापा र सह कोषाध्यक्षमा रामथापा 'अनिल ' निर्विरोध चयन भएका थिए ।

सदस्यहरुमा राजन कुमार पौडेल, नारायण खड्का, लालबहादुर रावल, हस्त लामा र बालकृष्ण कंडेल रहेका छन् ।

भिडियो हेर्नुहोस्

एनआरएनए जापान निर्वाचन बिबाद ! 'साँडे जुधेपनि मिलेपनि मासिने बाली नै'

15.25¡ÆC