दशैंमा काठमाडौंलाई च्याङ्ग्रा मुस्ताङबाट ल्याइने

भदौ २५, २०७४ मा प्रकाशित | 1107 views

काठमाडौं ।

खाद्य संस्थानले दशैँलाई लक्षित गरी यसपाली मुस्ताङबाट च्याङ्ग्रा किन्ने  भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट किन्न लागेको खाद्य संस्थानले जनाएको छ ।

यसपाली असोज ५ देखि ६ गतेसम्म च्याङ्ग्रा राजधानी भित्रिसक्ने संस्थानका प्रवक्ता शङ्कर सापकोटाले बताउनुभयो ।

च्याङ्ग्रा किन्नका लागि संस्थानले मुस्ताङको सदरमुकाम जोमसोममा खरिद केन्द्र स्थापना गरेको छ ।

संस्थानले किसान वा व्यवसायीसँग च्याङ्ग्रा किनेर हिँडाएर म्याग्दीको सदरमुकाम बेनीसम्म ल्याउने र बेनीबाट ट्रकमा राखी असोज ५ देखि ६ गतेभित्र राजधानी ल्याइसक्ने तयारी गरेको छ ।

गत वर्ष संस्थानले एक हजार ४०० च्याङ्ग्रा र एक हजार ४००  खसी–बोका गरी दुई हजार ८०० च्याङ्ग्रा तथा खसी–बोका किनेकोमा यसपाली भने एक हजार च्याङ्ग्रा र एक हजार ५०० खसी–बोका किन्ने निणर्य गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web