२८ वर्ष पछि थिमिमा महाकाली नाच सुरु

भदौ २१, २०७४ मा प्रकाशित | 3626 views

भक्तपुर ।

मध्यपुरथिमिमा २८ वर्षपछि आजबाट महाकाली नाच सुरु भएको छ । हरेकवर्ष संचालन हुदै आएको यो नाच आर्थिक अभावका कारण २८ वर्षदेखि बन्द भएको थियो ।

मध्यपुरथिमि नगरपालिका वडा नं. ५ र ६ का युवा मिलन केन्द्रका युवाहरुको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर आजबाट सुरु भएको हो ।

समितिका अध्यक्ष सूर्यमान श्रेष्ठले आजबाट चारदिनसम्म टोलटोलमा नचाएर मनाईने बताउँदै उहाँले नाच साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै टोलटोलमा नचाईने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार मध्यपुरथिमि ५ भुँलाखेल स्थित नित्यनाथ मन्दिरमा पूजा गरेर नाचलाई समर्पित गरी सुरु हुनेछ र नाच्दै बालकुमारी मन्दिर अगाडि पुगेपछि नाचिन्छ ।

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि  नै देवासुर संग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा यो नाच सातदेखि नौ तालमा नाचिने बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगरको मौलिक परम्परा, ऐतिहासिक एवं साँस्कृतिक परम्परा, पर्व एवं नाच लगायतका धरोहरको संरक्षणका लागि नगरपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web