राजनीति हैन नेपाली एकता र भातृत्वका लागि विवेकशील साझा, टोकियोमा बृहत छलफलको तयारी

भदौ २०, २०७४ मा प्रकाशित | 1790 views

टोकियो ।

राजनीतिक दलको सम्पर्क संस्थाका रुपमा संगठन बनाउँदै दलिय रेखाको बिभाजन बढ्दै गइरहेका बेला  विवेकशील साझा जापानले भने राजनीति नभई सामाजिक कामको लागि आफुहरु संगठित भएको बताएको छ ।

विवेकशील साझा जापानको सिजुओका शहरमा भएको भेटघाट तथा छलफल कार्यक्रममा विवेकशिलमा आवद्ध व्यक्तिहरुले यस्तो धारणा राखेका हुन् ।

सेप्टेम्वर २ तारिखका दिनमा भएको कार्यक्रममा चिबा, टोक्यो, खानागावा, सिजुओका र नागोयाका विवेकशील साझा सदस्यहरु र विवेकशील साझाको मूल्य–मान्यताहरुलाइ आत्मसात गर्दै सदस्य बन्न इच्छुक व्यक्तिहरु स्वस्फुर्त रुपमा उपस्थित भएका थिए ।

भेटघाट तथा छलफल कार्यक्रममा विवेकशील साझा जापानका संयोवक जीवन ढकालले जापानमा राजनीति गर्नको लागि नभई विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्नका लागि विवेकशिल साझा जापान गठन गरिएको बताउनुभयो ।

सो कार्यक्रममा विवेकशील साझाका हरेक सदस्यहरुले विवेकशील साझाको मुल्य र मान्यताहरुलाई पालना गर्दै जापानमा सुसंस्कृत समाज निर्माणमा ध्यान दिन सबै सदस्यहरुदलाई आग्रह समेत गरेको छ ।

निकट भविष्यमा टोकियोमा पनि बृहत भेटघाट तथा छलफल आयोजना गर्न लागिएको भन्दै विवेकशिल साझा जापानका प्रवत्ता रवि न्यौपानेले सदस्य तथा ईच्छुक सबैलाई सम्पर्कमा रहन अनुरोध गनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web