प्रहरीका १२ चेकपोस्ट पार गर्दै काठमाडौं आइपुग्यो ८८ किलो सुन, यसरी खुल्यो रहस्य

भदौ २०, २०७४ मा प्रकाशित | 1243 views

काठमाडौं,भदौं २० । रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन्। ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए। कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा लुकाइएको थिएन, पछाडिको भागमा राखेर ल्याइएको थियो। उनले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए।

सोमबार बिहान चालक मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनको शृंखलाबद्ध सुन तस्करीको रहस्य खुलेको हो। महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट तस्करीको ८८ केजी सुन बरामद गरेको हो। सुन तस्करीका मुख्य नाइके क्विङ भने फरार भएका छन्। एकैपटक करिब ४३ करोड रुपैयाँबराबरको सुन बरामद भएकाले यसमा राज्यका विभिन्न निकायलाई प्रभाव पार्न सफल ठूलै गिरोह संलग्न रहेको प्रहरी आशंका छ। महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द मुख्य तस्करहरू खोज्न आफूहरूले पक्राउ परेका चालकलाई संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको बताउँछन्।

संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई हिरासतमा राखी कारबाही गर्न सक्छ। समूहबीच विवादले खुल्यो राज आइतबार दिउँसो धेरैवटा प्रहरी कार्यालयले रसुवागढीबाट ठूलो मात्रामा तस्करीको सुन बोकेको गाडी क्षेत्रपाटीमा हुने सुराकी दिएका थिए। स्रोतका अनुसार तस्करीमा संलग्न चिनियाँ गिरोहसँग विवाद भएका नेपालीहरूको अर्को समूहले प्रहरीलाई सो सुराकी दिएको थियो। सोही आधारमा प्रहरी टोली खटिएको थियो। महाशाखाबाट खटिएको टोलीले सुन भएको गाडी नियन्त्रणमा लिन सफल भएको हो। टाटा स्ट्रोम ब्रान्डको गाडीभित्र लुकाइएका ८८ वटा सुनका बिस्कुट प्रहरीले बरामद गरेको थियो।

‘यसबाट अनुमान लगाउन सकिन्छ भने यो तस्करीमा एक–दुईजना मात्र होइन, ठूलै गिरोह आबद्ध भएको हुनुपर्छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका एसएसपी दिवेश लोहनीले भने। सयपटक तस्करी हुन्छ, एकपटक समातिन्छ सिआइबीले गत बुधबार २१ किलो सुनसहित सातजनालाई पक्राउ गरेको थियो। सिन्धुपाल्चोकका पेम्बादोर्जे शेर्पासहित सातजनाले केरुङ नाकाबाटै २१ किलो सुन ल्याएका थिए। जसमध्ये सात केजी बिक्री गरिसकेका थिए। त्यसअघि पनि आफूले एकपटक रसुवागढी नाकाबाट सुन ल्याएको उनले बताएका छन्। तीन साताअघि नुवाकोटमा आठ किलो सुन बरामद भएको थियो। तीन सातामै एक सय २० किलो सुन तस्करी भएको प्रहरीको अनुसन्धानबाट प्रस्ट हु्न्छ। तस्करहरूबीच नै विवाद हु“दा मात्र प्रहरीले सुराकी पाएर सुन बरामद गर्ने गरेको छ। ‘प्रहरीले बरामद गर्ने भनेको बढीमा १० प्रतिशत हो,’

एक प्रहरी अधिकारी भन्छन्, ‘अहिलेको ट्रेन्ड हेर्दा दैनिक ठूलो परिमाणमा रसुवागढी नाकाबाट सुन भित्रिएको अनुमान लगाउँदा गाह्रो हुँदैन। यसका साथै विमानस्थलबाट समेत पटक–पटक सुन तस्करी हुँदै आएको छ। एक किलो सुन तस्करीबाट ल्याउँदा करिब पाँच लाख नाफा हुन्छ। एक किलो सुनमा भन्सार शुल्क चार लाख ५० हजार रुपैयाँ छ। त्यसबाहेक हुन्डी र डलरको कारोबार पनि त्यसैबाट मिलाइने भएकाले थप नाफा हुने गरेको हो। नयाँपत्रिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web