प्रचण्ड भन्छन् -‘चुनावमा पक्षधरसँग तालमेल’

भदौ १७, २०७४ मा प्रकाशित | 696 views

बीरगञ्ज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचाण्डले प्रदेश नम्बर २ को आगामी असोज २ गते हुने निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरसँग तालमेल गरी माओवादी निर्वाचनमा जाने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको वीरगञ्जमा सम्पन्न केन्द्रीय सचिवलालय बैठकपछि आज साँझ प्रेस सेन्टर पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ मा पार्टीले जित्नसक्ने सथानमा एक्लै लड्ने र अन्य स्थानमा तालमेल गरी अगाडि बढ्ने रणनीति माओवादी केन्द्रले लिएको बताउनुभयो ।

उहाँले प्रदेश नम्बर २ मा उम्मेदवार चयनको जिम्मा २ नम्बर प्रदेशका नेताहरुलाई नै दिने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँले एक–दुई दिनभित्रै सबै उम्मेदवारको टुंगो लगाएर पार्टी निर्वाचनमा जाने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web